Thursday, March 18, 2010





Friday, March 18, 2010
मगरहरुबारे संक्षिप्त जानकारी

जनसंख्याको आधारमा नेपालको तेस्रो ठूलो श्रेणीमा पर्ने मगर समुदाय नेपाली आदिवासी जनजातिहरुको हकमा भने प्रथम श्रेणीमा पर्दछ । सन् २००१ को जनगणना अनुसार मगरहरुको जनसंख्या १,६२२,६४१ रहेको थियो जस अनुसार नेपालको कुल जनसंख्याको ७.१४५ हुनपुग्छ यद्यपी मगरहरुको जनसंख्या योभन्दा पनि बढी हुनुपर्ने नेपाल मगर संघको दाबी छ । अधिकांश मगरहरु बिशेष गरी पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान तिर बसोबास गरेको पाईन्छ । यस बाहेक अर्घाखाँची, रुपन्देही, काठमाडौं, रामेछाप, म्याग्दी, बाग्लुङ्ग, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर तिर पनि मगरहरुको बसोबास रहेको पाईन्छ । समग्रमा मगरहरु नेपालको हरेकजसो जिल्लामा धेर-थोर रुपमा छरिएर रहेका छन् । मगरहरुको पुख्र्यौली थलोलाई मगराँत भनिन्छ । नेपालको ईतिहाँस तर्फ नियाल्ने हो भने मगरहरुको पुर्ख्यौली भूमि बाह्र मगराँत र अठार मगराँत को तथ्य पनि पाउन सकिन्छ जसलाई हालमा आएर क्रमशः गण्डक क्षेत्र र कर्णाली क्षेत्र पनि भन्ने गरिन्छ ।

मगरहरुको आफ्नैभाषा छ जुन भोट-बर्मेली भाषा-परिवार अन्र्तगत पर्दछ । बिशेष गरी तीन थरीमा बर्गीकृत मगर ढुट, खाम र काईके भाषाहरु क्रमशः बाह्र मगराँत, अठार मगराँत र डोल्पातिरका मगरहरु अन्र्तगत चलनचल्तीमा रहेका छन् । त्यसैगरी आफ्नैबिशेष पहिरन, संस्कृति र परम्पराले पनि मगरहरुलाई बिशेष पहिचान दिलाएको छ । पुरुषहरुको बिशेष पहिरन भोटो-कछाडसागै निलो पटुकी र भाङ्ग्रा, शिरमा टोपी अनि महिलाहरुको बिशेष पहिरन मखमली चोली र घलेक, छिट्को गुन्यु, टिकिस, पहेंलो/निलो पटुकी, गलामा पहेंलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफुल अनि चन्द्र, कानमा माडवारी, नाकमा बुलाकी, आदिमा सजिएर लेकबेसीको उकाली-ओरालीसागै तादात्म्य साईनो गाँस्नु पनि मगरहरुको बिशेषता हो । अभैं बिशेष अवसर पारेर बेलामौकामा नाचिने कौडा, घाटु, नचरी, सोरठी, झ्याउरे, रोदी, हुर्रा आदि लगायत सालैजो र यानीमाया भाकाले त झन् मगरहरुको छुट्टै पहिचान स्थापित गरिदिएको छ ।

अधिकांश मगरहरु गाई-भैंसी, भेडा-बाख्रा, सुागुर, कुखुरा आदि पाल्नुका साथै खेतीपाती पनि गर्ने गर्दछन् । गाउाघरतिर बिशेष गरी बुढापाकाहरुले डोको, मान्द्रो, स्यागु/घुम (घामपानीबाट ओत लाग्न बाँसको चोयाँ र ठूलो पातले बुनेर बनाईएको ओढ्ने बस्तु), आदि बनाउने गरेको पाईन्छ भने महिलाहरुले गुन्द्री, नाम्लो, चकटी, आदि बुन्ने गरेको पाईन्छ । खेतीपातीको बेला खेताला-परिमो तथा घरगोठ बनाउादा सघाऊ दिने चलन धेरै ठाउाहरुमा (बिशेषतः पाल्पा क्षेत्र) अभैंपनि व्याप्त रहेको पाईन्छ ।

बिहेवारीको सन्र्दभमा मगरहरुमा बिशेष गरी चेलीबेटीतर्फ (एकतर्फी) आफ्नो छोरीचेली दिने परम्परा रहेको छ । बिशेषतः साली (मामाकी छोरी) र भेनाको सम्बन्धलाई लिएर बिशेष चर्चा-परिचर्चा मगर समुदायमा ब्यापक सुन्नमा पाईन्छ तथापि अहिलेको नयाँ पिंढीमा भने यसको खासै महत्व दिईएको पाईदैन । मगर समुदायमा अर्को बिशेष महत्व भनेको बिहेवारी भएको महिलाहरुको हकमा पेवा (माईतीतर्फबाट पाएको छुट्टै निजी सम्पत्ति) रहेको हुन्छ जसमा केवल उसको मात्रै अधिकार रहेको हुन्छ ।

मगरहरु बिशेषतः प्रकृति पुजारी हुन् । अधिकांश मगरहरु हिन्दुकरण भएको पाईएता पनि यर्थाथता बौद्घ धर्मालम्वी भएको कुरा बिद्वान/बिशेषज्ञहरुको भनाई छ । मगरहरुमा खास गरेर भूमीपूजा गर्ने चलन रहेको छ जसको संरक्षण गर्नु परम् आवश्यकता देखिन्छ । मगरहरुमा मरणोपरान्त पनि अर्को जिवन भएको हुनुपर्छ भन्ने विश्वासले आफ्ना स्वर्गवासी पुर्वजहरुको लागि बिशेषत बाजी-बज्या पूजा गर्ने चलनचल्ती पनि रहेको पाईन्छ । बिभिन्न पुजाआजा गरिनेक्रममा भेजा परम्परा पनि प्रचलित छ जसले गर्दा आफ्नो समाजभित्रका सम्पूर्ण मगरहरु एकजुट भई समानरुपले आ-आफ्नो कार्यको बाँडफाँड गरी सामुहिक पुजाविधि सम्पन्न गर्ने गर्दछन् । आजको जस्तो आधुनिक अर्थात् बैज्ञानिक परिवेशमा पनि बिशेष गरेर लामा-धामी (झाँक्री) माथि ठूलो अन्धबिस्वास राख्नु मगरहरुको कमजोरी हो ।

मगरहरुमा बिशेषगरी लाहुरे (सैनिकमा भर्ती) हुने प्रवृति रहेको पाईएता पनि हालमा आएर अन्य पेशाहरु जस्तै अस्पताल, ईन्जिनियरिङ्ग, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानुनी, बिकास निर्माण, राजनैतिक आदि जस्ता क्षेत्रहरुमा पनि संलग्न रहेको पाईन्छ । यसै शिलशिलामा मगरहरु संसारमा विभिन्न देशहरुमा छोटो वा लामो समयदेखि छरिएर रहका पनि छन् ।
नेपाली ईतिहाँसको पानाहरु पल्टाएर हेर्ने हो भने मगराँत अन्र्तगत धेरै रोचक अनि गौरवमय तथ्यहरु भेट्न सकिन्छ । मगरहरु यो देशका शासकवर्ग पनि हुन् । तर समयको कालखण्डसागै मगरहरुको अस्तित्व हाल आएर शोषितवर्गमा परिणत हुनु दुर्भाग्य हो भन्दा फरक नपर्ला । मगर ईतिहाँस गौरवशाली भएतापनि हाल आएर शैक्षिक, आर्थिक, राजनैतिक जस्ता बिकासका हरेक क्षेत्रमा पिछडिनु समस्त मगर समुदायको लागि दुःखलाग्दो बिषय बनेको छ ।

6 comments:

  1. thanks very much for keeping such nice and useful information on the blog site.

    ReplyDelete
  2. I really love it keep on posting
    soalteemagar

    ReplyDelete
  3. sathi yesti aur pani update gardi garnu plz
    i want to learn magar language.......

    ReplyDelete
  4. ekdam ramro collection sathi dhanyabad hai tapailai aru pani update garnus hai?

    ReplyDelete
  5. waaaah...now i think i am a full MGRNI ********!

    ReplyDelete
  6. thank you for comment!....

    ReplyDelete